पीएसजीलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल मिडफिल्डर जुलियन ड्राक्सलेरले गरे । पीएसजी आफ्ना स्टार खेलाडी विना मैदानमा उत्रिएको थियाे । याे जितसँगै पीएजीले तीन अंक जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।
पार्क देश प्रिन्स मैदानमा भएको खेलको ६५ औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिएको थियो । डिफेन्डर अब्दोउ डियालोले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । उनले खेलको पहिलो मिनेटमा नै पहेँलो कार्ड पाएका थिए ।
पीएसजीले सुरुवाती दुई खेल हार वेहाेरेकाे थियाे । पहिलो खेलमा लेन्ससँग १-० गोले पराजित भएको पीएसजी दोस्रो खेलमा पनि मार्सिलेसँग १-० गोलले नै पराजित भएको थियो ।
पहिलो खेलमा कोरोना भाइरस संक्रमणका कारण स्टार स्ट्राइकरद्धोय केलियन एम्बाप्पे र नेयमार अनुपस्थित थिए । तर, दोस्रो खेलमा नेयमार कोरोना मुक्त हुँदै खेलमा फर्किएका थिए । दोस्रो खेलमा नेयमारले रातो कार्ड खाएका कारण उनले मेट्जसँगको खेल गुमाएका थिए ।