प्रहरीमा नयाँ भर्ना खोल्न स्वीकृति

काठमाडौं- सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया अघि बढाउन स्वीकृत दिएको छ ।

यसअघि सबै सरकारी निकायमा नयाँ भर्ना प्रक्रिया रोकिएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायमा रिक्त पद बढ्दै गर्दा समस्या हुने भएपछि नयाँ भर्ना खोल्न स्वीकृत दिने निर्णय गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

निजामतीमा आधा अवस्थामा पुगेका भर्ना प्रक्रिया समेत सुचारु हुन सकेको छैन । अर्को निर्णय नगरेसम्मका लागि नयाँ भर्ना रोक्ने निर्णय गत बैशाखमा गरेको थियो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.