कर्णाली प्रदेशमा संक्रमितको संख्या २८६३ पुग्यो, थप २८ जनामा कोरोना पुष्टि

प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका २२ जना, दैलेखका १ जना, बजाङका १ जना, सर्लाहीका १ जना, बाँकेका १ जना र दाङका १ जना रहेका छन् । यस्तै चौरजाहरी नगरपलिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा गरिएको परीक्षणमा सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ३९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५७० पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल २८७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.