अन्तर्राष्ट्रिय सीमानाका असोज ३० गतेसम्म बन्द रहने

काठमाडौं, ३० भदौ । अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द रहने भएको छ।

कोरोना भाइरसको महामारी रोकथामका लागि बन्द गर्दै आएको अन्तर्राष्ट्रिय सीमा नाकालाई सोमबार बसेको मन्त्रिपरिद् बैठकले असोज ३० गतेसम्म जारी राख्ने निर्णय गरेको छ ।

भारत र चीनमा समस्यामा परेका नेपालीहरु भने थप ३ नाकाबाट फर्किन सकिने भएको छ । यसअघि छिमेकी भारतबाट १० वटा नाकाबाट समस्यामा परेका नेपालीलाई प्रवेश दिइएको थियो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार  सोमबारको बैठकले थप ३ नाकाको आवागमनलाई स्वीकृति दिइएको छ ।

अब नेपालीहरु स्वेद फर्कन पाइने थप तीन नाकाहरु इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाँट रहेका छन् ।सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय यही भदौ ३१ सम्म कायम गरिएको थियो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.