बुटवल- कोरोनाका कारण रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुष रहेका छन् । बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति उनको मृत्यु भएको हो ।
भदौ १४ गते कोरोना पुष्टि भएका उनलाई भदौ १६ गते कोरोना अस्पतालमा भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो तर श्वासप्रश्वासमा समस्या आए पछि शुक्रबार राती नै उपचारका क्रममा उनको ज्यान गएको हो ।
उनी मधुमेहका बिरामी रहेको बताइएको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ ।