काठमाडौँ उपत्यकामा मात्र ६९६ जना कोरोना संंक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । यो बीचमा पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा झण्डै ७०० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

शुक्रबार आज काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । उपत्यकामा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो । बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण देखिएको थियो ।

 

 

अर्कोतिर देशभरको कुरा गर्दा पनि आज सर्वाधिक कोरोना संक्रमित फेला परेका छन् । नेपालमा आज थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै कुल कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.