आयुर्वेद विज्ञसँग बालुवाटारमा ओली र प्रचण्डको तीन घण्टा छलफल

काठमाडौं, २६ भदाै । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणमा आयुर्वेद चिकित्साको महत्त्वका विषयमा बिहीबार बालुवाटारमा छलफल भएको छ।

नेपालको मौलिक चिकित्सा प्रणालीको रुपमा रहेको आयुर्वेदका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञसँग छलफल गरेका हुन्।

छलफलमा प्रधानमन्त्री ओलीले आयुर्वेदले निरोगी नेपाल निर्माण अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘कोभिड-१९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञसँग बालुवाटारमा विशेष छलफल भएको हो।

छलफलका क्रममा आयुर्वेदभित्रै योगा पनि पर्ने धारणा प्रधानमन्त्रीले राखेका छन्। ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो’, प्रधानमन्त्री ओलीले भने।

उनले मेसिन एलोपेथिक नभएको प्रष्ट पार्दे आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्नेमा जोड दिए। ओलीले आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेकोसमेत सम्झना गरेका छन्।

निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराएका छन्। छलफलमा सहभागी पार्टीका अर्का अध्यक्ष प्रचण्डले आयुर्वेदको महत्वले थप घचघच्याएको बताए। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.