नेपालमा आज कोरोना संक्रमणबाट यति जनाको ज्यान गयो,

काठमाडौँ । नेपालमा आज कोरोना संक्रमणबाट थप ५ जनाको ज्यान गएको छ । बिहिबार ५ जनाले ज्यान गुमाएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशभर १८ सय १७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित देशभर ३५हजार ७०० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

नेपालमा कोरोनालाई जित्नेको प्रतिशत ७१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर १२४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज ६४३८ जना ब्इक्ति होमआइसोलेसनमा रहेका छन् । नेपालमा आज १११४४ पिसिआर परिक्षण गरिएकोमा १२४६ जनामा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.