अनावश्यक आरोप लगाउँदा पनि किन मौन छन् सुशान्तका पुर्वप्रेमिका ?

सुशान्त सिंह राजपुतको निधनको लगभग ३ महिना पुग्न लागेको छ । उनको निधनले बलिउड मात्र नभएर बिश्वभर रहेका उनका फ्यानहरु चकित भएका छन् । दिनदिनै नयाँ नयाँ रहस्यहरु खुल्दा जादाँ अहिले सुशान्त प्रकरण ड्र ग्सको मुद्धामा गएर अड्किएको छ ।

ड्र ग्स एंगल सार्वजनिक भएपछि मंगलबार एनसीबीले रिया चक्रवर्तीलाई पक्राउ गरेको छ । बुधबार बिहान उनलाई भायखला जेल पठाइयो । उनलाई जेल पठाएपछि बलिउडका धेरै कलाकर्मी उनको समर्थनमा उत्रिएका छन् । ड्र ग्स एग्लगमा जोडिने भएपछि बलिउडका सयौ सेलिबेटी उनको समर्थनमा उत्रिएका छन् ।

तर सुशान्तकी प्रेमिका अंकिता लोखण्डे भने निर्डर भएर सुशान्तको समर्थनमा उत्रिरहेको छिन् । रियाले सुशान्त माथी लगाएको हरेक आरोपको खण्डन गरिरहेको छिन् ।

सुशान्तको दिदी र परिवारको समर्थनमा रहेकी अंकिता जस्तोसुकै परिस्थिति आएपनि आफ्नो साथीलाई न्याय दिलाउने भन्दै लागिपरेकी छिन् ।

अंकितालाई ब्रेकअप दिएपछि सुशान्त पनि मायाको लागि निकै भौतारिए । जो सँग काम गरे उसैसँग उनको नाम मात्र जोडिएन उनले आफ्नो प्रेम पनि स्वीकारे । कृति सेनान, परिणीती चोपडा र सारा अलि खान सँग प्रेमको चर्चा चल्यो । उनीहरु खुल्लम खुल्ला भेट्ने समाचारहरु बाहिर आउन थाल्यो ।

सुशान्तको निधनपछि उनको कुनै पनि प्रेमिकाले खुलेर कुरा गरेका छैन्न । सुशान्त माथी दिनहुँ नयाँ नयाँ आरोप लागिरहँदा कसैले केहि त बोल्नुपर्ने हो नि हैन र ?

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.