नेसन्स लिग : नेदरल्यान्ड्समाथि इटालीको संघर्षपूण जित

एजेन्सी, २३ भदाै । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा इटालीले जित निकालेको छ । सोमबार राति भएको खेलमा इटालीले नेदरल्यान्डलाई १-० गोल अन्तरले हराएको हो ।

नेदरल्यान्डको घरेलु मैदानमा भएको खेलमा इटालीलाई  जित दिलाउनकाे लागि  निको बारेल्लाले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल नै इटालीका लागि निर्णायक गोल बन्न पुगेको हो ।

 

जर्गिन्हो र इन्सिग्नेको उत्कृष्ट समन्वयमा सिरो इम्मोविले पेनाल्टी बक्सभित्रबाटै मिलाइदिएको पासमा अनमार्क रहेका बरेल्लाले हेडरमार्फत फिनिस गरेका थिए ।

जितसँगै समूह एको इटालीले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेल बराबरी खेलेको इटालीले दोस्रो खेलमा जित निकालेको हो । पराजित नेदरल्यान्ड ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.