धादिङ । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ६२ वर्षीय बनारसी वर्मा लाई मृत्यु पछि कोरोना सङ्क्रमण पुष्टि पनि भएको थियो ।
उनी नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्वजिल्ला उपाध्यक्षसमेत हुन् । उनको मृत्युपछि सोमबार साँझ कोरोना पोजेटिभ रिपोर्ट आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
उनका दुई छोराहरूमा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको थियो । उनी लामो समयदेखि मिर्गौला रोग, मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।