ललितपुरमा भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी

काठमाडौं। रातो मछिन्द्रनाथको रथ तान्न निक्लिएको भीड र प्रहरीबीच बिहीबार झडप भएपछि स्थानीय प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू लगाइने भएको छ। बिहीबार बेलुका बसेको बसेको जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको बताए। बैठकमा रथलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको छ।

बिहीबार रथ तान्नेक्रममा झडप हुँदा सुरक्षाकर्मी, पत्रकार र बटुवा घाइते भएका थिए। सो प्रकरणमा प्रहरीले ९ जनालाई पक्राउसमेत गरेको छ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.