आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी : आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई गणेश भगवानसँगै हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।

मंगलबार अवश्य गर्नुहोस् यस्ता काम गर्नुहोस्

– मंगलबार अवश्य राम मन्दिर जानुहोस् । मंगलबार हनुमानजीको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ ।

– एउटा धागोमा खुर्सानी माथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले नकरात्मक कामहरुलाई समाप्त पार्ने गर्छ ।

– मंगलबार बेलुका हनुमान जीलाई गुलाब चढाउनुहोस् । यसले जीवनमा रहेका समस्या समाधान गर्छ ।

– मंगलबार जहिले पनि रामस्तोत्र पढ्ने गर्नुहोस् जसले गर्दा शुभ कामको थालनी गर्दा फलदायी हुने वातावरण निर्माण गर्छ ।

– शुद्ध ध्यु वा तेलको बत्ती बाल्नुहोस् र मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसले तपाईको मनकामना पुर्ण गर्ने विश्वास मानिन्छ ।

– मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । जो सुत्दा डराउने बच्चा छन् त्यस्तो समस्या समाधान हुन्छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.