डा. भोला रिजाल र उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण पुष्टि

 

काठमाडौं, १५ भदौ । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण भएको छ। रिजालकी पत्‍नी डा. सरला घिमिरेमा पनि कोरोना पुष्टि भएको छ।

कोरोना संक्रमण पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन्। दुवैलाई सोमबार संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा भर्ना भएका छन्।

‘हामी दुवैलाई कोरोना संक्रमण भएको छ। शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि आफूहरू दुवै जना ह्याम्स अस्पतालमा भर्ना’ भएको भएका छौँ’, डा. रिजालले भन्नुभयो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.