असोज १ गतेसम्म लामो दूरीका यातायात सञ्चालन नगर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायात असोज १ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असोज १ गतेसम्म सवारी सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिए।

 

यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि नचलाउने निर्णय गरिएको उनले बताए।

त्यस्तै असोज १ गतेसम्मका लागि पनि आन्तरिक हवाइ उडान सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। स्थानीय तह र प्रदेश सरकारको विश्लेषणको आधारमा थप निर्णय गरिने अर्थमन्त्री खतिवडाले बताए।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.